Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको आरोप : पेट्रोलियम पदार्थको कारोबार निजीलाई सुम्पिएर देशलाई खोक्रो बनाउन खोजिँदै छ !

ओलीको आरोप : पेट्रोलियम पदार्थको कारोबार निजीलाई सुम्पिएर देशलाई खोक्रो बनाउन खोजिँदै छ !

  • बिहिवार, जेठ १२ २०७९

  • 464
    SHARES

  • ओलीको आरोप : पेट्रोलियम पदार्थको कारोबार निजीलाई सुम्पिएर देशलाई खोक्रो बनाउन खोजिँदै छ !
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आयल निगमलाई ध्वस्त बनाउन सरकार नै लागेको आरोप लगाएका छन् ।
     
    आयल निगमको विकल्पमा निजी क्षेत्र ल्याउन सरकार आफै‌ मोटो रकमको चलखेलमा लागेको पनि उनले आरोप लगाए ।
     
    सरकारको नीति तथा कार्यक्रमबारे प्रतिनिधि सभामा बोल्दै ओलीले भने, ‘आयल निगम ध्वस्त बनाएर त्यसको खर्बौंको व्यापारमा निजी क्षेत्र घुसाउन खोजिँदै छ । यसका लागि मोटो रकमको चलखेल भइसकेको छ, हुनेवाला छ भन्ने बजार हल्ला छ ।’
     
    आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला समेत झुक्याएर एउटा समूह त्यो कार्यमा लागेको स्मरण गर्दै ओलीले पछि थाहा पाएपछि त्यसलाई निष्क्रिय बनाएको उनको दाबी थियो ।
     
    इन्धन जस्तो अत्यावश्यक वस्तुमा निजी क्षेत्रले हड्ताल गरिदिए के हुन्छ भन्दै उनले निजीकरणको विरोध गरे ।
     
    अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका लागि पहिलो आयोजना सकिएको र अन्य क्षेत्रमा पनि काम भइरहेको भन्दै उनले सहजतातर्फ अघि बढेको पेट्रोलियम पदार्थको कारोबार निजीलाई सुम्पिएर देशलाई खोक्रो बनाउन खोजिएको उनको आरोप थियो ।
     
    नेपाल आयल निगमको विकल्पमा अर्को कुनै निजी क्षेत्र आवश्यक नभएको भन्दै ओलीले यसमा खबरदारी गर्न जनतालाई आग्रह पनि गरे ।
     


    बिहिवार, जेठ १२ २०७९०२:१९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij