काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्कप्रसाद ओलीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै आफनो र श्रीमतीको सबै सम्पत्ति राज्यको नाममा गरेको बताएका छन् ।
ओलीले आफ्नो बारेमा भ्रष्टचारको चर्चा गर्ने प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत अरु सबै नेताहरुलाई हिम्मत छ भने तपाईंहरु पनि आफनो सबै सम्पति राष्ट्रको नाममा गरेर देखाउनुस् भन्दै चुनौति समेत दिए ।
यस्तै, ओलीले आफ्नो सबै सम्पत्ति राज्यको नाममा गरिसकेकोले गर्दा आफूलाई भ्रष्ट्राचार गर्नुपर्ने कुनै जरुरत नभएको बताएका छन् ।