Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आइपीएल : दोस्रो क्वालिफायरमा आज राजस्थान र बेङ्ग्लोर खेल्दै

आइपीएल : दोस्रो क्वालिफायरमा आज राजस्थान र बेङ्ग्लोर खेल्दै

  • शुक्रवार, जेठ १३ २०७९

  • 513
    SHARES

  • आइपीएल : दोस्रो क्वालिफायरमा आज राजस्थान र बेङ्ग्लोर खेल्दै

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् ।

    खेल राति पौने आठ बजे अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ ।

    पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको नियम अनुसार राजस्थानले इलिमिनेटरको विजेता बेङ्ग्लोरसँग क्वालिफायर खेल्ने मौका पाएको हो ।

    बेङ्ग्लोर इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै क्वालिफायरमा पुगेको हो । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।


    शुक्रवार, जेठ १३ २०७९१०:३७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij