Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

न्यायाधीशहरुले प्रभावमा परेर निजगढ विमानस्थल रोक्ने आदेश गरेको मन्त्री झाँक्रीको आरोप  

न्यायाधीशहरुले प्रभावमा परेर निजगढ विमानस्थल रोक्ने आदेश गरेको मन्त्री झाँक्रीको आरोप  

  • शुक्रवार, जेठ १३ २०७९

  • 518
    SHARES

  • न्यायाधीशहरुले प्रभावमा परेर निजगढ विमानस्थल रोक्ने आदेश गरेको मन्त्री झाँक्रीको आरोप  

    काठमाडौं । निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेशप्रति सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले असन्तुष्टि जनाउनुभएको छ । 

    शुक्रबार(आज) आयोजित नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले निजगढ विमानस्थल रोक्ने सर्वोच्चको आदेश कुन आधारमा टेकेर आएको हो भन्दै प्रश्न गर्नुभएको छ । उक्त आदेश प्रभावमा परेर आएको पनि मन्त्री झाँक्रीले आरोप लगाउनुभएको छ । 

    अदालतले रुख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरूको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने, तर विमानस्थल नै बनाउन पाइँदैन भन्ने आदेश अस्वाभाविक भएको झाँक्रीको भनाइ छ । 

    मन्त्री झाँक्रीले सबै न्यायाधीशहरू प्रधानन्यायाधीश हुने लाइनमा रहेको भए संसद्मा आएर फेस गर्न समेत चुनौती दिनुभयो । सरकारले विमानस्थल निर्माणका नाममा बुटा मात्रै काट्ने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुनसक्ने मन्त्री झाँक्रीको भनाइ छ । 


    शुक्रवार, जेठ १३ २०७९११:३३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij