Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालेन्द्र साहलाई चुनावी प्रचारमा आशिर्वाद दिएका स्थापितको अर्को आशिर्वाद !

बालेन्द्र साहलाई चुनावी प्रचारमा आशिर्वाद दिएका स्थापितको अर्को आशिर्वाद !

  • शुक्रवार, जेठ १३ २०७९

  • 672
    SHARES

  • बालेन्द्र साहलाई चुनावी प्रचारमा आशिर्वाद दिएका स्थापितको अर्को आशिर्वाद !

    काठमाडौं — स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा बालेन्द्र शाहलाई आशिर्वाद दिएको भन्दै चर्चा बटुलेका काठमाडौं महानगरपालिका नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार केशव स्थापितले पुनः शुभकामना दिएका छन् ।

    नवनिर्वाचित मेयर साहलाई शुभकामना दिँदै स्थापितले काठमाडौंको विकास र समृद्धिमा चाल्ने सकारात्मक कदममा सहयोग गर्ने बताएका छन् ।

    चुनावको अन्तिम परिणाम सार्वजनिक भएपछि शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै साहले विपक्षी मतदाताको मन जित्ने काम गर्ने अपेक्षा लिएको बताएका छन् ।

    वैशाख ३० गते भएको स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७ सय ६७ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंह रहिन् भने एमालेका स्थापित तेस्रो भएका छन् ।


    शुक्रवार, जेठ १३ २०७९०१:०५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij