Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अपडेट : रेनुको अवस्था खतरामुक्त, उपचार जारी 

अपडेट : रेनुको अवस्था खतरामुक्त, उपचार जारी 

  • शुक्रवार, जेठ १३ २०७९

  • 9.6K
    SHARES

  • अपडेट : रेनुको अवस्था खतरामुक्त, उपचार जारी 
    काठमाडौं । दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
     
    उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । 
     
    उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।
     
    गाडी गुल्मी घर भई ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए । 


    शुक्रवार, जेठ १३ २०७९०४:२७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij