Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीले बोलेका यी दुई भाषा प्रचण्डले नबुझेपछि....

ओलीले बोलेका यी दुई भाषा प्रचण्डले नबुझेपछि....

  • शनिवार, जेठ १४ २०७९

  • 2.7K
    SHARES

  • ओलीले बोलेका यी दुई भाषा प्रचण्डले नबुझेपछि....

    काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति आफूले नबुझेको बताउनुभएको छ ।

    उहाँले ओलीले निर्वाचनका विषयमा दिएको दुई थरी अभिव्यक्ति आफुले नबुझेको बताउनुभएको हो ।

    आज प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले ओलीले एक ठाउँमा आन्तरिक अन्तर्घातका कारण निर्वाचनमा पराजय व्यहोरेको भन्नुभएको छ, यस्तै, प्रतिनिधिसभामा बोल्दै सरकारका कारणले निर्वाचनमा पराजय व्यहोरेको बताउनु भयो, यो के हो ?

    ‘अन्तर्घात मूख्य हो वा निर्वाचनको समयमा सरकारले गरेका गतिविधि र लिएको नीति मूख्य हो,’ प्रचण्डले प्रश्न गर्नुभयो । यद्यपि, निर्वाचनमा भएका कमी कमजोरी र राजनीतिक दलहरूले पनि कमी कमजोरीलाई आगामी दिनमा सच्याउन पर्ने प्रचण्डको भनाइ छ ।

    तर, मतगणना गर्दै गर्दा आफ्नो पक्षमा मत नदेखिएपछि सरकारमाथि धारे हात लगाउने विषय उचित नभएको उहाँको भनाइ छ । प्रचण्डले विगतमा देशको विकास गर्न र तत्कालीन परिस्थितिमा वाम गठबन्धन गर्ने क्रमलाई अघि बढाइएको बताउनुभयो ।


    शनिवार, जेठ १४ २०७९०१:१०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij