Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर ८ जना कोरोना संक्रमित थपिए, १५ जना निको

देशभर ८ जना कोरोना संक्रमित थपिए, १५ जना निको

  • शनिवार, जेठ १४ २०७९

  • 653
    SHARES

  • देशभर ८ जना कोरोना संक्रमित थपिए, १५ जना निको

    काठमाडौं । नेपालमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    पछिल्लो २४ घण्टामा एक हजार ९६९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा आठ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । एक हजार ११९ नमुनाको पीसीआर परीक्षण गर्दा पाँच र ८५० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण मृत्यु हुनेको संख्या थपिएको छैन ।

    पछिल्लो २४ घण्टामा देशभर १५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ५२ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ११४ रहेको मन्त्रालयले जनाएको छ ।


    शनिवार, जेठ १४ २०७९०४:१६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij