Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बजेट कार्यान्वयनमा अर्थमन्त्री नै अन्योलमा, अर्थविद् भन्छन् अल्मलिनु भएन नि ! 

बजेट कार्यान्वयनमा अर्थमन्त्री नै अन्योलमा, अर्थविद् भन्छन् अल्मलिनु भएन नि ! 

  • सोमवार, जेठ १६ २०७९

  • 504
    SHARES

  • बजेट कार्यान्वयनमा अर्थमन्त्री नै अन्योलमा, अर्थविद् भन्छन् अल्मलिनु भएन नि ! 
    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेसँगै मिश्रित धारणा आउन थालेको छ । बजेट पुरानै शैलीमा आएको भन्दै कतिपयले टिप्पणी गरेका छन् भने अधिकांशले बजेटले आधारभूत विषयलाई समेटेको बताएका छन् । 
     
    आजपनि अर्थमन्त्री शर्माले आइतबार प्रस्तुत भएको बजेटमा समेटिएका मुख्य विषयहरूको ब्रिफिङ गर्नुभएको थियो । बजेट वक्तव्य लगत्तै पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले बजेटमा छुटेका केही विषयवस्तु छलफलका माध्यमबाट थप्न सकिने पनि बताउनुभयो ।
     
    शर्माले आगामी आर्थिक वर्षको बजेटले परम्परागत संस्कार चिर्न पनि सफल भएको दाबी गर्नुभयो । सरकारले आन्तरिक र बाह्य ऋणमा सुधार गरेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले बजेटले थप आर्थिक वृद्धि गर्न थप सहयोग पुग्ने बताउनुभयो । 
     
    शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आन्तरिक तथा वाह्य क्षेत्रको प्रभाव, मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव, तीव्र आयात वृद्धि, विदेशी मुद्रा सञ्चितिमा परेको प्रभाव र बजार महँगीलाई ध्यानमा राखेर बजेट ल्याइएको बताउनुभयो । बजेटले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने प्रयास गरेको उहाँको भनाइ छ । 
     
    बजेटले कृषि र किसानलाई सम्बोधन गरेको, निजी व्यवसायीहरूलाई सम्बोधन गरेको र समग्र मुलुकको आर्थिक रूपान्तरणकै लागि केन्द्रित भएको शर्माले बताउनुभयो । कतिपयले चुनावी बजेट भन्दै गरेको आलोचना मिथ्या रहेको शर्माको दाबी छ । 
     
    सरकारले आइतबार अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । 
    यसैबिच अर्थविद्हरूले यो बजेटमा अर्थमन्त्री स्वयं ढुकचुक हुनु राम्रो विषय नभएको बताएका छन् । बजेट आइसकेपछि कार्यान्वयनको पाटो बलियो बनाउनुको साँटो संशोधन, परिमार्जन गर्छु भन्नु अपरिपक्वता रहेको अर्थविश्लेषक परितोष पौडेलको भनाइ छ । 
     
    बजेटका विषयमा प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । एमालेले बजेटमा नयाँपन आउन नसकेको दाबी गरेको छ । चुनावलाई लक्षित गरी बढी महत्त्वाकाङ्क्षी बजेट आएको उसको आरोप छ । 
     


    सोमवार, जेठ १६ २०७९०८:२९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij