काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसीसी खारेज गर्नुपर्ने बताउनुभएको छ। बुधबार(आज) प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले देशको आर्थिक विकासका लागि विदेशी सहयोग र अनुदान स्वीकार गर्न सकिने तर त्यसो गर्दा देशको स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय अर्थतन्त्रलाई ख्याल गर्नुपर्ने बताउनुभयो ।
उहाँले बृहत राष्ट्रिय हितमा आँच नआउने कुरामा ध्यान दिनुपर्ने भन्दै एमसीसीबाट देशको राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र बृहत राष्ट्रिय हितमा समेत गम्भीर आँच पुग्ने भएकाले त्यसलाई खारेज गरेर जानुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले मुलुकका लागि संघीयता आर्थिक बोझ भएकाले संघीयता समेत खारेज गर्नुपर्ने धारणा राख्नुभएको छ।