Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो : अर्थमन्त्री

सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो : अर्थमन्त्री

  • बुधवार, जेठ १८ २०७९

  • 490
    SHARES

  • सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जवाफ दिनुभएको छ।

    राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले संविधानको भावना र सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जानकारी दिनुभएको हो । 

    समावेशी विकास गर्ने लक्ष्यअनुसार नै वृद्धभत्ताको व्यवस्था गरिएको भन्दै उहाँले सामाजिक सुरक्षाभत्ता स्वघोषणामार्फत नलिनेलाई राज्यले सम्मान गर्ने व्यवस्था पनि गरिएको बताउनुभयो । साथै मदन भण्डारी रङ्गशाला निर्माणको कामअघि बढिरहेको उहाँले बताउनुभएको छ ।


    बुधवार, जेठ १८ २०७९०५:०२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij