Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईओसीले बढाएर पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

आईओसीले बढाएर पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

  • बुधवार, जेठ १८ २०७९

  • 1.7K
    SHARES

  • आईओसीले बढाएर पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

    काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको नयाँ मूल्यसूची नेपाललाई पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको बढेको नयाँ मूल्यसूची पठाएको हो।

    आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ।

    निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । डिजेलको हकमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ। त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ। निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ।


    बुधवार, जेठ १८ २०७९०८:५१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij