Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धनबारे वर्षमानको अर्को दाबी 

गठबन्धनबारे वर्षमानको अर्को दाबी 

  • बिहिवार, जेठ १९ २०७९

  • 5.1K
    SHARES

  • गठबन्धनबारे वर्षमानको अर्को दाबी 
    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गठबन्धनलाई अझै केही वर्ष निरन्तरता दिइने बताउनुभएको छ।
     
    पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई कमलपोखरीस्थित कुमारी हलमा आज आयोजित प्रशिक्षणमा नेता पुनले गठबन्धन केही वर्ष टिक्ने बताउनुभयो । 
     
    ‘यो गठबन्धन अझै केही वर्ष टिक्छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धन बनाउनुपर्ने परिस्थितिका कारण गठबन्धन गरिएको थियो।’
     
    बुधवार यही प्रशिक्षणमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, 'नेपाली कांग्रेसमा दम्भ र अहङ्कार देखियो भने नेकपा एमालेलाई जस्तै ठेगान लगाउन सकिने चेतावनी दिनुभएको थियो ।
     
    तर प्रचण्डले प्रधानमन्त्रीमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै निरन्तरता दिइने पनि बताउनुभएको थियो । 
     
    माओवादीबाट निर्वाचित प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई माओवादीले स्थानीय सरकार सञ्चालनलगायत विषयमा प्रशिक्षण दिएको हो।
     
    प्रशिक्षणमा दुई सय ४९ जना जनप्रतिनिधि सहभागी छन्। माओवादीले १२१ पालिका प्रमुख जितेको थियो।


    बिहिवार, जेठ १९ २०७९०३:२४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij