Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमालेले प्रधानमन्त्रीको अफर गरेको कुरा हावादारी: सचिव रायमाझी

एमालेले प्रधानमन्त्रीको अफर गरेको कुरा हावादारी: सचिव रायमाझी

  • शुक्रवार, जेठ २० २०७९

  • 1.0K
    SHARES

  • एमालेले प्रधानमन्त्रीको अफर गरेको कुरा हावादारी: सचिव रायमाझी

    काठमाडौं । नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले प्रचण्ड र माधव कुमार नेपाललाई पार्टीले प्रधानमन्त्री अफर नगरेको दाबी गर्नुभएको छ ।

    उहाँले एमाले अहिले कसैलाई अफर गर्नेभन्दा पनि आगामी निर्वाचनमा कसरी राम्रो स्थान ल्याउने भन्ने विषयमा केन्द्रित रहेको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव रायमाझीले भन्नुभयो,“ एमालेले कसैलाई प्रधानमन्त्री बन्न अफर गरेको छैन, यो कुरा बिल्कुल गलत हो, गठबन्धन गर्ने कसैलाई प्रधानमन्त्री बन्न अफर गर्ने हामीले गरेका छैनौं ।”

    निर्वाचनपश्चात एमालेको केन्द्रीय कमिटी बैठक समेत नबसेकाले पार्टीमा यस्ता प्रधानमन्त्री अफर गर्ने किसिमका विषय नउठेको सचिव रायमाझीको भनाइ छ ।

     


    शुक्रवार, जेठ २० २०७९०७:०५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij