Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फोहोर व्यवस्थापनबारे छलफल गर्न बालेन र सुनिता सिसडोलमा

फोहोर व्यवस्थापनबारे छलफल गर्न बालेन र सुनिता सिसडोलमा

  • शुक्रवार, जेठ २० २०७९

  • 980
    SHARES

  • फोहोर व्यवस्थापनबारे छलफल गर्न बालेन र सुनिता सिसडोलमा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुग्नुभएको छ । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुग्नुभएको हो ।

    काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गर्नुभएको थियो । मन्त्री झाँक्री तथा मेयर शाह र उपमेयर डङ्गोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्या मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समाधान गर्ने विषयमा छलफल गर्नुभएको थियो ।

    यसअघि निर्वाचित हुनेबित्तिकै मेयर शाह अनुगमनका लागि सिसडोल र बञ्चरेडाँडा पुग्नुभएको थियो । शाहले काठमाडौंको फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने र खादा–माला नलगाउने घोषणा गर्नुभएको छ ।

    उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा समय समयमा अवरोध हुँदै आएको छ । स्थानीयले आफ्ना मागहरू पूरा नहुँदासम्म फोहोर व्यवस्थापन हुन नदिने भन्दै बेला बेलामा अवरोध गर्दै आएका छन ।


    शुक्रवार, जेठ २० २०७९०९:५३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij