Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आफ्ना कार्यकर्ता रिहा गर्न माग गर्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

आफ्ना कार्यकर्ता रिहा गर्न माग गर्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  • मंगलवार, जेठ २४ २०७९

  • 713
    SHARES

  • आफ्ना कार्यकर्ता रिहा गर्न माग गर्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र
    काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
     
    मंगलबार(आज) बिहान अध्यक्ष महन्त ठाकुरसहित बालुवाटार पुगेका लोसपाका  शीर्ष नेताहरूले आफ्ना माग सम्बोधनका लागि पुनः ११ बुँदे स्मरण पत्र बुझाएको हो ।
     
    लोसपाले यो सरकार गठन हुँदैदेखि समर्थन गरेको र सरकारले प्रतिबद्धता जनाएकाले ती माग पूरा गर्न आग्रह गरेको हो ।
     
    लोसपा देउवा नेतृत्वको सरकारमा सहभागी हुन निरन्तर संवादमा छ । लोसपाले संविधान अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाण पत्र प्रदान गर्न र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्थालाई नागरिकता सम्बन्धी कानुनमा निरन्तरता दिन माग गरेको छ ।
     
    त्यस्तै, मधेस आन्दोलन र थरुहट आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने लगायतका माग पूरा गर्न लोसपाले ध्यानाकर्षण गराएको छ ।
    losapa.jpg


    मंगलवार, जेठ २४ २०७९११:४४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij