काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर विसर्जन गर्न गएका गाडीहरूलाई अवरोध गरेपछि बन्चरे डाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ । बुधबार(आज) काठमाडौंबाट फोहोर फाल्न बञ्चरे डाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन् । स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ ।
मंगलबार पनि बन्चरे डाँडामा स्थानीयले फोहोर विसर्जन गर्न दिएका थिएनन् । प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको डिआइजी उत्तमराज सुवेदीले बताउनुभएको छ । उहाँका अनुसार स्थानीयले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन् ।
काठमाडौंबाट दुई सय बढी प्रहरी बञ्चरे डाँडामा परिचालन भएका छन् । ३७ जनाको सशस्त्र प्रहरीको टोली पनि खटिएको छ ।