Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बञ्चरेडाँडामा स्थानीय-प्रहरी झडप, फोहोर नफाली फर्किए टिपर

बञ्चरेडाँडामा स्थानीय-प्रहरी झडप, फोहोर नफाली फर्किए टिपर

  • बुधवार, जेठ २५ २०७९

  • 839
    SHARES

  • बञ्चरेडाँडामा स्थानीय-प्रहरी झडप, फोहोर नफाली फर्किए टिपर
    काठमाडौं । काठमाडौंबाट फोहोर लिएर गएका टिपरहरू फर्किएका छन्।
     
    बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरी नै परिचालन गरी बञ्चरेडाँडामा फोहोरको टिपर लगिएको थियो। तर स्थानीयले लगातार अवरोध पुर्‍याएपछि फोहोरको टिपर फर्किएका संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार प्रहरीले तीन सेल अश्रुग्याँस पनि प्रहार गरेको छ। यस्तै, प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको उहाँले  दाबी गर्नुभयो । 
     
    यता प्रहरीले भने चार जनालाई नियन्त्रणमा लिएको बताएको छ। बुधबार बञ्चरेडाँडामा फोहोर फाल्नको लागि काठमाडौंबाट दुई सय बढी प्रहरी खटिएका छन्। त्यस्तै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।
     
    स्थानीयले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन्। यस्तै स्थानीयहरू बञ्चरेडाँडामा कुनै हालतमा फोहोर फाल्न नदिने पक्षमा रहेका  ढुंगानाले बताउनुभयो। 
     


    बुधवार, जेठ २५ २०७९०६:३१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij