Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

दार्चुला महिलाको हत्या प्रकरण : मुख्य आरोपितसहित तीन जना पक्राउ

दार्चुला महिलाको हत्या प्रकरण : मुख्य आरोपितसहित तीन जना पक्राउ

  • बिहिवार, जेठ २६ २०७९

  • 713
    SHARES

  • दार्चुला महिलाको हत्या प्रकरण : मुख्य आरोपितसहित तीन जना पक्राउ

    काठमाडौं । दार्चुलामा एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले मुख्य आरोपितसहित तीन जनालाई पक्राउ गरेको छ।

    बुधबार बिहान शैल्यशिखर नगरपालिका-१ स्थित ४५ वर्षीया एकल महिला अमिमा खडायतको शव फेला परेको थियो।

    उनको शव फेला परेपछि घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

    प्रहरीले तीन जनालाई पक्राउ गरेको भएपनि सबैको पहिचान खुलाइसकेको छैन।

    मुख्य आरोपित शैल्यशिखर नगरपालिका–१ कै ४२ वर्षीय भोजराज खडायत छन् । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। अर्का आरोपित दुई जनालाई भने भाग्दै गर्दा बुधबार पक्राउ गरेको हो।

    ‘हामीले तीन जनालाई पक्राउ गरेका छौं। दुई जनालाई हिजो र मुख्य आरोपितलाई आज समात्यौं,’ उहाँले भन्नुभयो । सोधपुछ गर्न भ्याइसकेका छैनौं। भोलि सम्ममा प्रारम्भीक कुराहरू खुल्छन्।’

    मृतक खडायतका श्रीमान ७–८ वर्षअघि नै बितेका थिए।

    बुधबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव जलाएको अवस्थामा फेला परेको थियो।

    त्यसपछि नजिकैको प्रहरीको टोली घटनास्थल पुगेको हो।

    जिल्लाबाट प्रहरी नायब उपरीक्षक विष्टसहितको टोली घटनास्थलमा पुगेको थियो।


    बिहिवार, जेठ २६ २०७९०८:२६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij