Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मिटर ब्याजीलाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

मिटर ब्याजीलाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

  • शुक्रवार, जेठ २७ २०७९

  • 5.8K
    SHARES

  • मिटर ब्याजीलाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन
    काठमाडौं । मिटर ब्याजमा ऋण दिएर सप्तरीमा विपन्नको उठीबास लगाएका भनिएका मिटर ब्याजी रामदेव तेलीलाई पक्राउ गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ । 
     
    प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई बोलाएर मिटर ब्याजी तेलीलाई पक्राउ गर्न निर्देशन दिनुभएको हो ।
     
    तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएपछि संसद्‌मा समेत यस विषयमा कुरा उठेको थियो। 
     
    तेलीले चर्को ब्याज लिएर सर्वसाधारणको उठीबास लगाउने गरेको गुनासो सर्वसाधारणले लगाउने गरेपछि मिडियामा आएको हो । सोही विषयमा संसद्मा समेत सांसदहरूले कारबाही गर्न माग गरेका थिए  ।
     


    शुक्रवार, जेठ २७ २०७९०३:२८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij