Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डप्रति ओलीको व्यंग्य : एमाले जस्तो हुन पाए मान्छे कुट्दै हिँड्थे

प्रचण्डप्रति ओलीको व्यंग्य : एमाले जस्तो हुन पाए मान्छे कुट्दै हिँड्थे

  • शुक्रवार, जेठ २७ २०७९

  • 1.0K
    SHARES

  • प्रचण्डप्रति ओलीको व्यंग्य : एमाले जस्तो हुन पाए मान्छे कुट्दै हिँड्थे

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल अरु पार्टीहरुसँग तुलना गर्न नसक्ने गरी मजबुत बनेको प्रमाणित भएको बताउनुभएको छ ।

    मोरङमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सिटमा थोरै थलमाथि भए पनि एमाले सबभन्दा ठूलो पार्टी भएको बताउनुभयो । स्थानीय चुनावमा लोकप्रिय भोट सबभन्दा बढी एमालेले पाएको भन्दै उहाँले भभन्नुभयो, ‘सिटमा अतिकति तलमाथि भयो होला । तर त्यो जम्मा सिट आफ्नो भोटले होइन । यो थालमा जुठा गाँसहरु परेका छन् । नेकपा एमाले त्यस्तो होइन, आफ्नै भोट छ ।’

    तर कतिपयले कांग्रेसलाई एमालेको हालत बनाइदिने भनेर धम्की दिएको भन्दै प्रचण्डप्रति व्यंग्य गर्नुभयो । । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालै एक सार्वजनिक कार्यक्रममा कांग्रेसमा दम्भ देखिए एमालेको जस्तो हालत बनाउने चेतावनी दिनुभएको थियो ।

    ‘कांग्रेसले घमण्ड नगरोस्, घमण्ड गर्यो भने एमालेकै हालत बनाइदिन्छु । एक जनले धाक लगाएको सुनियो’, प्रचण्डको नाम नलिई एमाले अध्यक्ष ओलीले भने, ‘तिनको उचाई कति छ भनेको कम्मर कम्मर अलि पुग्दा रहेनछन् । धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने ।’

    ‘एमाले जस्तो हुन पाए के गर्थे होलान् तिनले ? मान्छे कुट्दै थिड्थे । पहिले मान्छे मार्दै हिँडेको होइन ?,’ ओलीले भने, देशको सबभन्दा ठूलो बनाउन पाए के खोज्थे !’


    शुक्रवार, जेठ २७ २०७९०४:१५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij