Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादीप्रति शंकर पोखरेलले गरे यस्तो कटाक्ष !

माओवादीप्रति शंकर पोखरेलले गरे यस्तो कटाक्ष !

  • शनिवार, जेठ २८ २०७९

  • 711
    SHARES

  • माओवादीप्रति शंकर पोखरेलले गरे यस्तो कटाक्ष !
    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनबाट नेकपा माओवादीको जनमत झन् घटेको टिप्पणी गर्नुभएको छ । 
     
    शनिबार ललितपुरमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्रममा उहाँले माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहेको बताउनुभएको हो । 
     
    यो चुनावबाट नेकपा माओवादी केन्दलाई अत्यन्त ठूलो क्षति भएको छ । उसको सिट बढेको छ । तर जनमत उल्लेख्य रुपमा घटेको छ’ उहाँले भन्नुभयो, ‘०७४ सालको निर्वाचनमा उसले १७ प्रतिशत प्राप्त गरेको थियो । आज त्यो जनमत १३ प्रतिशत छ ।’
     
    माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहेको र आफ्नो अस्तित्व रक्षाका लागि कुनै न कुनै शक्ति टाँसिनुपर्ने बाध्यतामा पुगेको महासचिव पोखरेलले बताउनुभयो । 
     
    उहाँले अहिले नेकपा एमालेको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी नभई नेपाली कांग्रेस नै भएको बताउनुभयो । 
     
    सत्तारुढ गठबन्धनमा रहेका दललाई नेपाली कांग्रेसले उपयोग गरिरहेको पोखरेलले बताउनुभयो ।  माओवादीलगायतका दलले कांग्रेसले आफ्नो स्वार्थका लागि अरूलाई उपयोग गरिरहेको छ भन्ने बुझ्न नसकेको उहाँको भनाइ छ ।


    शनिवार, जेठ २८ २०७९०४:२२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij