काठमाडौं । ग्रासरुट देखि नै क्रिकेटको विकासका लागि सहयोग गर्न गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सकारात्मक देखिनुभएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का वृतान्त खनालले मेयर बालेनलाई भेट गर्दै नेपाली क्रिकेटलाई ग्रास रुटदेखि नै विकास गर्नुपर्ने विषयमा जानकारी गराउनुभएको थियो ।
खेलकुद रुचि राख्ने मेयर बालेन पनि क्यानमा प्रस्तावमा सकारात्मक देखिएको र थप छलफल गरेर सहकार्य गर्ने महाप्रबन्धक वृतान्तले बताउनुभयो ।
काठमाडौं महानगरको आर्थिक सहयोगमा क्यानले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।
क्यान महाप्रबन्धक खनालले मेयर साहसँग तीन वटा प्रस्ताव बारे जानकारी गराउनुभएको थियो ।
पहिला नीतिगत काम गरेपछि अनि मैदानमा उत्रने गरी काम गर्ने योजना रहेको खनालले बताउनुभयो ।