Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

किसानलाई मल दिन सम्भाव्य सबै उपाय लगाउन सरकारलाई संसदको निर्देशन 

किसानलाई मल दिन सम्भाव्य सबै उपाय लगाउन सरकारलाई संसदको निर्देशन 

  • सोमवार, जेठ ३० २०७९

  • 685
    SHARES

  • किसानलाई मल दिन सम्भाव्य सबै उपाय लगाउन सरकारलाई संसदको निर्देशन 
    काठमाडौं । प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।
     
    आज नेकपा एमालेका सांसद विशाल भट्टराईले पेस गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सर्वसम्मतिले पारित गर्दै प्रतिनिधिसभाले सरकारलाई यस्तो निर्देशन दिएको छ ।
     
    ‘कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रको समस्या समधान गर्न प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि गर्न आवश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’ छलफलपछि प्रतिनिधिसभाले पारित गरेको प्रस्तावमा भनिएको छ ।
     
    यो प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको छ । धानबाली लगाउने समयमा पनि रासायनिक मल उपलब्ध नभएको विषयमा प्रतिनिधिसभाले गम्भीर ध्यानाकर्षण भएको पनि बताएको छ ।
     


    सोमवार, जेठ ३० २०७९०५:३४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij