Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘एकराज खोइ ?’ भन्दै मन्त्री विमलाको छटपटी, डाक्टर भन्छन् डिप्रेसनको लक्षण छ

‘एकराज खोइ ?’ भन्दै मन्त्री विमलाको छटपटी, डाक्टर भन्छन् डिप्रेसनको लक्षण छ

  • बुधवार, आषाढ १ २०७९

  • 6.7K
    SHARES

  • ‘एकराज खोइ ?’ भन्दै मन्त्री विमलाको छटपटी, डाक्टर भन्छन् डिप्रेसनको लक्षण छ
    काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको स्वास्थ्य परीक्षण गरिएको छ । प्रारम्भिक परीक्षणमा उनलाई डिप्रेसनको लक्षण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
     
    ओलीको स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चेकजाँच गरिएको हो । राज्यमन्त्री वलीलाई गएराति दाङबाट बुटवल लगिएको थियो । बुटवल लैजाँदै गर्दा वलीले अधिकांश समय ‘एकराज खोइ ?’ भन्दै बर्बराएको माओवादी स्रोतले जानकारी दिएको छ ।
     
    स्रोतका अनुसार वली अर्धचेत अवस्थामा पुगेपछि उनलाई राति नै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । विमलालाई राति उपचार सुरु गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर इन्द्र ढकालले पुष्टि गरे ।
     
    ‘मन्त्रीज्यूलाई राति अस्पताल ल्याइएको थियो’, मेसु ढकालले भने, ‘अवस्था हेर्दा भर्ना गरेरै उपचार गर्नुपर्ने थियो । तर, उहाँले भर्ना हुन मान्नुभएन ।’
     
    उनलाई अर्धचेत अवस्थामा राति अस्पताल ल्याइएको मेसु ढकालले बताए । डाक्टर ढकालका अनुसार वलीमा ब्लड प्रेसर र सुगरको समस्या पनि देखिएको छ ।
     
    डिप्रेसनको लक्षण देखिए पनि विशेषज्ञ डाक्टरले चेकजाँच नगर्दासम्म केही भन्न नसकिने डा. ढकालको भनाइ छ । 
     


    बुधवार, आषाढ १ २०७९१२:२६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij