Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आइसिसीको नयाँ वरीयतामा दीपेन्द्रको स्थान सुधार

आइसिसीको नयाँ वरीयतामा दीपेन्द्रको स्थान सुधार

  • बुधवार, आषाढ १ २०७९

  • 658
    SHARES

  • आइसिसीको नयाँ वरीयतामा दीपेन्द्रको स्थान सुधार
    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी–ट्वान्टी अलराउण्डर वरीयता सुधार भएको छ । 
     
    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।
     
    दीपेन्द्र वरीयताको नवौं स्थान उक्लिएका छन् । यो उनको हालसम्मकै उच्च वरीयता हो । यस अघि उनी दशौँ स्थानमा रहेका थिए ।
     
    यस्तै ब्याटिङतर्फ कुशल भुर्तेलको वरीयता सुधार भएको छ । कुशल ३९ औं स्थान उक्लिएका छन् ।
     
    ब्याटिङतर्फ दीपेन्द्र ४३ औं र आसिफ शेख ९८ औं स्थान रहेका छन् ।
     
    बलिङ वरीयता नेपालका कप्तान सन्दीप लामिछाने ३९ औं स्थानमा यथावत् रहेका छन् । अविनाश बोहरा ९० औं स्थानमा उक्लिएका छन् ।
     


    बुधवार, आषाढ १ २०७९०५:२०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij