Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डको खुलासा : ओली सरकारले एसपीपी सम्झौतामा साठगाँठ गरेको हो

प्रचण्डको खुलासा : ओली सरकारले एसपीपी सम्झौतामा साठगाँठ गरेको हो

  • बिहिवार, आषाढ २ २०७९

  • 867
    SHARES

  • प्रचण्डको खुलासा : ओली सरकारले एसपीपी सम्झौतामा साठगाँठ गरेको हो

    काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाउनुभएको छ ।

    माओवादीका दिवंगत नेता रितबहादुर खड्काको २१औं स्मृति दिवसको अवसरमा आज काठमाडौंको पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरिसकेको दाबी गर्नुभयो । यो तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको उहाँको भनाइ छ ।

    प्रचण्डले अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने कार्य भइरहेको बताउनुभयो । उहाँले एसपीपी सम्झौता गर्ने भन्ने कुरा झुटो भएको दाबी गर्दै नेपालले अमेरिकासँग एसपीपीजस्ता कुनै सैन्य सम्झौता नगर्ने घोषणा गर्नुभएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एसपीपी सम्झौता नहुने भनेर प्रतिबद्धता जनाएको प्रचण्डले उल्लेख गर्नुभयो । सबैभन्दा बढी आत्मसमर्पणवादतिर गएकाहरूले अहिले राष्ट्रवादको झुटो र पाखण्डी रूपले प्रचार गरेको प्रचण्डको टिप्पणी छ ।



    बिहिवार, आषाढ २ २०७९१२:१०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij