काठमाडौं । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३८ पीसीआर परीक्षणका क्रममा १२ जना र १ हजार २३० एन्टिजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण आज पनि कसैको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै थप १४ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ९५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।