Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

  • शुक्रवार, आषाढ ३ २०७९

  • 513
    SHARES

  • प्रतिनिधि सभा बैठक आज पनि बस्दै

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक आज शुक्रबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

    बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ’सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ’बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ।

    यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ’सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, त्यसपछि विधेयक प्रस्तुत गर्ने, ’तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    गृहमन्त्रीले नै ’नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्ने कार्यसूची छ।
    संसदमा आर्थिक विधेयक २०७९ माथि भने ६ असारदेखि दफावार छलफल हुने भएको छ ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्तावलाई प्रस्तुत गर्नुभएको थियो ।

     


    शुक्रवार, आषाढ ३ २०७९०७:४७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij