काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताउनुभएको छ ।
शनिबार(आज) कैलालीको धनगढी उप–महानगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौं आए लगत्तै विधेयक ल्याएर गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकारले डडेल्धुरामा मेडिकल कलेज बनाउने प्रस्ताव अघि बढाउने बित्तिकै कैलालीमा स्वास्थ्य प्रतिष्ठानको आवाज उठेकोमा देउवाले खुसीसमेत व्यक्त गर्नुभयो ।
देउवाले विगतमा सुदूरपश्चिममा आफूले भोगेको दुःख सम्झिँदै वर्तमानमा विकासले गति लिएको बताउनुभयो । गौरिफन्टा नाकालाई कैलालीसँगै जोडेर नाकाको स्तरोन्नति गर्नेमा प्रधानमन्त्री देउवाले आश्वस्त पार्नुभयो ।
कैलालीमा समस्याको रुपमा रहेको नदी कटान, डुबान र अतिक्रमणको समस्या समाधानका लागि आफूले पहल गर्नेसमेत प्रधानमन्त्री देउवाको भनाइ छ ।