Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

धादिङको धार्केमा २ वटा ट्रक कब्जा गरेर किसानले खोसे मल

धादिङको धार्केमा २ वटा ट्रक कब्जा गरेर किसानले खोसे मल

  • शनिवार, आषाढ ४ २०७९

  • 1.0K
    SHARES

  • धादिङको धार्केमा २ वटा ट्रक कब्जा गरेर किसानले खोसे मल
    काठमाडौं । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौं आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् ।
     
    अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।
     
    राजस्व अनुसन्धान विभागका प्रवक्ता दिवस आचार्यले सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेको दुईवटा ट्रकबाट किसानले मल खोसेको सूचना पाएको बताए । ‘सशस्त्र प्रहरीको सुरक्षाबाट कसरी मल खोसियो, हामी अनुसन्धान गर्दैछौं’ उहाँले भन्नुभयो ।
     
    शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौं आउँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४–५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरूमाथि कुटपिट गरेको थियो ।
     
    सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा सशस्त्र प्रहरी कर्मचारीले ट्रकबाट मल झिक्दै गरेको अवस्थामा एक महिलामाथि बन्दुकको कुन्दाले हिर्काइरहेको देखिन्छ ।
     
    किसानले धेरैजसो मल लगिसकेपछि प्रहरी घटना स्थलमा आएको थियो । त्यसपछि उसले मललाई नियन्त्रणमा लिएको छ ।
     
    प्रवक्ता आचार्यका अनुसार ती टकमा एउटा सामान भनेर अर्कै सामान ल्याइएको थियो ।


    शनिवार, आषाढ ४ २०७९०७:४६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij