काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित हुनुभएको छ।
आइतबार (आज)को बैठकमा प्रधानमन्त्री देउवालाई उपस्थित हुन यसअघिको समितिको बैठकले निर्देशन दिएको थियो।
स्टेट पार्टनरसिप प्रोग्रामसहित अमेरिका भ्रमणका विषयमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिन देउवालाई बैठकमा बोलाइएको थियो।
तर प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो। प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको पनि खरेलले बताउनुभयो ।