Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर थप २३ जनामा कोरोना संक्रमण

देशभर थप २३ जनामा कोरोना संक्रमण

  • आइतवार, आषाढ ५ २०७९

  • 567
    SHARES

  • देशभर थप २३ जनामा कोरोना संक्रमण
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर १०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ जना होम आइसोलेसनमा रहेका छन् ।
     
    आइतबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७३९ पुगेको छ । ती मध्ये  ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार ३०० जना संक्रमणमुक्त भएका छन् ।


    आइतवार, आषाढ ५ २०७९०५:५५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij