Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको निर्णय : अचाक्ली मूल्यवृद्धि, मल र पुस्तक अभावविरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने

एमालेको निर्णय : अचाक्ली मूल्यवृद्धि, मल र पुस्तक अभावविरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने

  • बिहिवार, आषाढ ९ २०७९

  • 639
    SHARES

  • एमालेको निर्णय : अचाक्ली मूल्यवृद्धि, मल र पुस्तक अभावविरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने भएको छ ।

    एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले जनताको दैनिक समस्या विकराल बन्दै गएकाले सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको संयन्त्रकी सहसंयोजक रचना खड्काले बताउनुभयो ।

    विशेषगरी एमालेले सरकार छाडेको एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलनमा जानुको विकल्प नरहेको एमालेको ठहर छ ।

    एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय भएको खड्काले जानकारी दिनुभयो ।

    तत्कालै मुल्यवृद्धि, किसानले मल नपाएको तथा विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषयमा आन्दोलन सुरू हुने भएको छ । त्यस्तै राष्ट्रियताको मुद्दामा समेत सरकार आत्मसमर्पणवादी भएकाले खबरदारी गर्नुपर्ने भएको एमाले नेता भानुभक्त ढकालले बताउनुभयो ।


    बिहिवार, आषाढ ९ २०७९०३:३७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij