काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्नुभएको छ ।
गभर्नर अधिकारीसँग हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पूँजी बजारको समस्या सम्बोधनलगायत विषयमा छलफल गरिएको थापाले बताउनुभएको छ ।
‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरूमा छलफल गरेको छु,’ थापाको भनाइ छ ।
साथै अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्न पनि उहाँले आग्रह गर्नुभएको छ ।