Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मंसिर १० भित्र प्रदेश र संघको निर्वाचन सक्ने आयोगको तयारी

मंसिर १० भित्र प्रदेश र संघको निर्वाचन सक्ने आयोगको तयारी

  • शुक्रवार, आषाढ १० २०७९

  • 781
    SHARES

  • मंसिर १० भित्र प्रदेश र संघको निर्वाचन सक्ने आयोगको तयारी
    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसद्को निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको जानकारी दिनुभएको छ।
     
    महिला तथा सामाजिक समितिको बैठकमा उहाँले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह गर्नुभयो ।
     
    स्थानीय तह निर्वाचन ऐनले प्रमुख उपप्रमुखमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरे पनि एक पदमा मात्र उम्मेदवारी दिँदा जो भए पनि हुने व्यवस्था भएकाले स्थानीय चुनावमा ५० प्रतिशत महिला सहभागिता हुन नसकेको बताउनुभएको छ । 
     
    उहाँले अब  समानुपातिक सहभागिताको विषयमा केही कानुनी र व्यवहारिक कुराहरू मिलाउँदा संविधानको मर्म अनुसार नै हुने दाबी गर्नुभयो ।  
     
    निर्वाचन महँगो खर्चिलो र भड्किलो हुनु नैतिकताको विषय रहेको भन्दै थपलियाले चुनाव खर्चिलो र भड्किलो भयो भनेर आयोगको आलोचना भइरहेकोमा आपत्ति जनाउनुभयो । 
     
    उहाँले आयोग कम खर्चिलो चुनाव गराउन तयार रहेको पनि बताउनुभयो । 
     


    शुक्रवार, आषाढ १० २०७९०३:०२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij