Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीको सपथ भोलि पक्का : राजेन्द्र पाण्डे

नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीको सपथ भोलि पक्का : राजेन्द्र पाण्डे

  • शुक्रवार, आषाढ १० २०७९

  • 853
    SHARES

  • नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीको सपथ भोलि पक्का : राजेन्द्र पाण्डे

    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री एवं एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने बताउनुभएको छ ।

    एकीकृत समाजवादीको पोलिटब्युरो बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले मन्त्री हेरफेरको निर्णयले पार्टीमा केही विवाद देखिए पनि शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने र पुराना मन्त्री फिर्ता हुने जानकारी दिनुभयो ।

    ‘पहिले सरकारमा सामेल हुँदा म आफैँ बसेको बैठकले पत्र पठाएर उहाँहरू मन्त्री हुनु भएको हो । अब त्यस्तै पत्र पठाएर उहाँहरू फिर्ता हुनु हुन्छ र भोलि शनिबारसम्म नयाँ मन्त्रीको सपथ हुन्छ,’ उहाँले भन्नुभयो ।

    मुख्यमन्त्री पाण्डेले विगतमा आफ्नो पार्टीसँग थोरै सिट भएकाले ‘तपाईहरु मन्त्रीलाई फिर्ता गरेर नयाँ मान्छे पटाउँछौँ भनिएको थियो । उहाँहरू सबैले हुन्छ भन्नुभएको हो । अहिले मलाई थाहा छैन भन्नु बेकारको कुरा हो’ भन्नुभयो।

    बजेटमाथि संसद्मा छलफल भइरहेको र मन्त्रीहरूले जवाफ दिने बेला मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय अलि अपरिपक्व रहेको पनि उहाँले स्वीकार्नुभयो। तर, अहिले सबै मन्त्रीहरूले आफ्नो मन्त्रालयबारे जवाफ दिइसकेकाले मन्त्री हेरफेर उहाँको भनाइ छ ।


    शुक्रवार, आषाढ १० २०७९०७:४५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij