Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एमालेका १० भाइलाई नेपालको चेतावनी : तिमीहरू दास हौ, हामीलाई धारेहात नलगाऊ !

एमालेका १० भाइलाई नेपालको चेतावनी : तिमीहरू दास हौ, हामीलाई धारेहात नलगाऊ !

  • शनिवार, आषाढ ११ २०७९

  • 1.6K
    SHARES

  • एमालेका १० भाइलाई नेपालको चेतावनी : तिमीहरू दास हौ, हामीलाई धारेहात नलगाऊ !
    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका १० स्थायी कमिटी सदस्यप्रति तीव्र आक्रोश पोख्नुभएको छ । 
     
    नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले १० भाइको दिमागबाट अझै नशा उत्रि नसकेको टिप्पणी गर्नुभयो ।
     
    अध्यक्ष नेपालले भन्नुभयो नेकपा एमालेबाट विद्रोह गर्नु जायज थियो । हामीले नगरेको भए कि दास भएर बस्नुपर्थ्यो कि राजनीतिबाट पलायन हुनुपर्थ्यो । अहिले म कथित १० भाइका कुरा सुन्दैछु,उनीहरूको दिमागबाट नशा उत्रेको छैन । तथानाम लेखिरहेका छन्, म हेरिरहेको छु । उनीहरू त्यहाँ दास भएर बसेका छन्, पदीय गरिमका सम्मान पाएका छैनन् तर पनि दास भएर बसेका छन् । म चेतावनी दिन्छु हामीलाई धारेहात लगाउने दुस्साहस नगरुन् । दिमागबाट नसा उत्रेछेको छैन ? तथााम लेखिरहेका छन्,दास भएर बसेका छन्, पदीय गरिमाको सम्मान पाएका छैनन् । धारेहात लगाउने दुस्साहस नगरुन् ।
     
    पछिल्लोपटक नेकपा एसमा उत्पन्न सङ्कटका सन्दर्भमा योगेश भट्टराई लगायत १० बुँदे पक्षधर नेताहरूले माधव नेपालले पश्चापात गर्नुपर्ने टिप्पणी गरेकोमा उहाँ आक्रोशित हुनुभएको छ । 
     


    शनिवार, आषाढ ११ २०७९०१:२८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij