Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीका मन्त्रीले बनाए नयाँ मन्त्रीको सूची, को हटे को थपिए...

नेकपा एकीकृत समाजवादीका मन्त्रीले बनाए नयाँ मन्त्रीको सूची, को हटे को थपिए...

  • शनिवार, आषाढ ११ २०७९

  • 1.2K
    SHARES

  • नेकपा एकीकृत समाजवादीका मन्त्रीले बनाए नयाँ मन्त्रीको सूची, को हटे को थपिए...

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले परिवर्तन हुने नयाँ मन्त्रिमण्डलमा समावेश गरिनुपर्ने सांसदहरूको नयाँ सूची तयार पारेका छन् । यसअघि पार्टीले तयार पारेको सूचीभन्दा फरक सूची उनीहरूले प्रस्ताव गरेका हुन् ।

    उनीहरूले ललितपुरका कृष्णलाल श्रेष्ठ, डडेलधुराकी निरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

    तीन साताअघि पार्टीको सचिवालयले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको थियो । पार्टीले हालका स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

    त्यसैगरी जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाउने निर्णय गरेको थियो । साथै हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

    तर बाहिरिने तयारीमा रहेका मन्त्रीहरूले आफूले छाड्ने शर्तमा आफैंले प्रस्ताव गरेका सांसदहरूलाई मन्त्रीहरू बनाउनु पर्ने अडान राखेका छन् । यसअघि उनीहरूले बजेट पास नहुन्जेलसम्म मन्त्री पद नछाड्ने अडान राखेका थिए ।

    यस्तै उनीहरूले पार्टीबाट मन्त्रीको रुपमा प्रस्तावित भएका सांसदहरूबारे सार्वजनिक रुपमा नै आपत्ति जनाएका थिए । तीमध्ये केही गैरसांसदसमेतको नाम सिफारिस भएकोमा पार्टी नेतृत्वप्रति उनीहरूको आपत्ति थियो ।


    शनिवार, आषाढ ११ २०७९०३:५०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij