काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७ जनाको पीसीआर परीक्षणमा २१ जना र ६५३ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर १९२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १८६ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९६५ पुगेको छ । ती मध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् ।