Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नयाँ मन्त्रीहरुको सपथ भोलि हुँदै

नयाँ मन्त्रीहरुको सपथ भोलि हुँदै

  • आइतवार, आषाढ १२ २०७९

  • 1.2K
    SHARES

  • नयाँ मन्त्रीहरुको सपथ भोलि हुँदै

    काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का तर्फबाट फेरबदल हुन लागेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ।

    प्रधानमन्त्री निकट स्रोतका अनुसार सोमबार ११ बजे पछि सपथ गराउने कार्यक्रम रहकेो छ।आइतबार नै मन्त्री फेरबदलको तयारी गरिएपनि स्वास्थ्य मन्त्री विरोध खतिवडाले सोमबार राष्ट्रियसभामा बिषयगत मन्त्रीका रुपमा जवाफ दिने कार्यक्रम बाँकि रहेका कारण सपथ ग्रहणको कार्यक्रम सोमबारका लागि सारिएको स्रोतले जानकारी दिएको छ।

    २२ जेठमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट गठबन्धनमा सामेल मन्त्रीहरूको टिम नै फेरबदल गर्ने निर्णय गर्दै नयाँ मन्त्रीहरूको नाम सिफारिस गर्ने जिम्मेवारी अध्यक्ष नेपाललाई दिएको थियो ।

    लगत्तै अध्यक्ष नेपालले सहरी विकासमन्त्रीमा मेटमणि चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रम तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर,स्वास्थ्य मन्त्रीमा भवानी खापुङ र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन प्रधानमन्त्री देउवालाई सूची बुझाएका थिए ।


    आइतवार, आषाढ १२ २०७९०६:५५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij