Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपाले तोक्यो प्रशिक्षणका लागि सातै प्रदेशमा संयोजक

राप्रपाले तोक्यो प्रशिक्षणका लागि सातै प्रदेशमा संयोजक

  • सोमवार, आषाढ १३ २०७९

  • 648
    SHARES

  • राप्रपाले तोक्यो प्रशिक्षणका लागि सातै प्रदेशमा संयोजक
    काठमाडौं । राप्रपाले प्रशिक्षणका लागि सात प्रदेशमा संयोजक तोकेको छ। राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेता र कार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो।

    असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमसमेत भएको थियो। जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभागले प्रदेश संयोजक तोकेको छ।

    प्रदेश नम्बर १ को संयोजकमा इनु अधिकारी, मधेस प्रदेशको संयोजकमा गिरिश गिरी, बागमती प्रदेशको संयोजकमा नानीमैया आचार्य, गण्डकी प्रदेशको संयोजकमा बरूणविक्रम राणा, लुम्बिनी प्रदेश संयोजकमा प्रेमनारायण चौधरी, कर्णाली प्रदेश संयोजकमा धनसुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी अभिषेक जोशीले पाएको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । 


    सोमवार, आषाढ १३ २०७९०३:३१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij