Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विवादित राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत

विवादित राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत

  • बुधवार, आषाढ १५ २०७९

  • 804
    SHARES

  • विवादित राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत

    काठमाडौं । विवादमा तानिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीले  राज्यमन्त्री वलीले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी दिनुभएको हो ।

    लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै केसीले राज्यमन्त्रीबाट असार १२ गते आएको राजीनामालाई स्वीकृत गरिएको बताउनुभयो । उहाँले राजीनामा दिएको विषय सञ्चारमाध्यममा आएपछि मात्रै मुख्यमन्त्रीले यसबारे औपचारिक जानकारी दिनुभएको हो ।

    जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सो विवादपछि छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानबिन समितिले प्रतिवेदन बुझाउनुअघि नै उनले राजीनामा दिएकी हुन् ।

    पति उत्तमकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ख मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।


    बुधवार, आषाढ १५ २०७९०५:१६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij