Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रीय समिति बैठक सुरु, यी हुन् छलफलका ९ एजेण्डा

माओवादी केन्द्रीय समिति बैठक सुरु, यी हुन् छलफलका ९ एजेण्डा

  • आइतवार, आषाढ १९ २०७९

  • 822
    SHARES

  • माओवादी केन्द्रीय समिति बैठक सुरु, यी हुन् छलफलका ९ एजेण्डा

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ । बैठक कमलादीस्थित प्रज्ञा भवनमा केहीबेरअघि सुरु भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एजेण्डा प्रस्तुत गर्नुभएको छ ।

    नयाँ सदस्यहरूको शपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरूबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध एजेण्डामा छलफल हुने प्रचण्डले बताउनुभयो ।

    बैठकका एजेण्डामा थप्ने घटाउने केही भए धारणा राख्न प्रचण्डले बैठकमा भन्नुभएको थियो । तर सुझाव नआएपछि यी एजेण्डा पास भएको प्रचण्डले जानकारी दिनुभयो । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन् । खासगरी महासचिवको विवादले पदाधिकारी चयनमा विलम्ब भएको छ ।

    महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । त्यस्तै, केन्द्रीय सदस्यको संख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

    थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । माओवादीमा मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ ।

    यस्ता छन् बैठकमा प्रस्तुत ९ एजेण्डा
    १. सहिदप्रति श्रद्धाञ्जली
    २. केन्द्रीय सदस्यको शपथ
    ३. बैठक सञ्चालनको प्रक्रियाबारे अध्यक्षबाट जानकारी
    ४. प्रदेशको रिपोर्टिङ अध्यक्षहरूले गर्ने, मधेसको हकमा इन्चार्जले (१० मिनेटको समय)
    ५. इन्चार्जको रिपोर्टिङ (१० मिनेटको समय)
    ६. संगठनात्मक
    क. पोलिटब्युरो, स्थायी समिति गठन
    ख. कार्य विभाजन र संरचनाबारे
    ७. स्थानीय तहको समीक्षा
    ८. आगामी निर्वाचनबारे
    ९. विविध


    आइतवार, आषाढ १९ २०७९०१:०९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij