Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गगन थापाको आक्रोशपछि अर्थमन्त्री संकटमा, प्रधानमन्त्री हटाउने मूडमा

गगन थापाको आक्रोशपछि अर्थमन्त्री संकटमा, प्रधानमन्त्री हटाउने मूडमा

  • सोमवार, आषाढ २० २०७९

  • 1.1K
    SHARES

  • गगन थापाको आक्रोशपछि अर्थमन्त्री संकटमा, प्रधानमन्त्री हटाउने मूडमा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

    सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्रीमाथि संसद भित्र र बाहिर प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

    अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्ने पनि थापाको भनाइ छ । कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने नियम रहेको तर अर्थ मन्त्रालयले त्यो नियम पनि नमानेको थापाले बताउनुभयो ।

    अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको र करको दर हेरफेर गराएको आरोप लागेको छ । नेकपा एमालेले संसदमा यो विषय उठाउँदै संसदीय छानबिन माग गरेको छ ।

    कांग्रेस महामन्त्री थापाले अर्थमन्त्रीमाथि लागेको आरोप त्यत्तिकै सेलाउन दिन नहुने बताउनुभयो । प्रधानमन्त्रीले राजीनामा नमागे आफै दिनुपर्ने उहाँको भनाइ छ ।


    सोमवार, आषाढ २० २०७९०६:५७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij