Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डोटीमा भालुको आक्रमणबाट एक गम्भीर घाइते

डोटीमा भालुको आक्रमणबाट एक गम्भीर घाइते

  • मंगलवार, आषाढ २१ २०७९

  • 785
    SHARES

  • डोटीमा भालुको आक्रमणबाट एक गम्भीर घाइते
    काठमाडौं। डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट एक जना गम्भीर घाइते भएका छन्  ।
     
    स्थानीय गणेश साउँदले दिएको सूचना अनुसार पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो ।
     
    भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको साउँदले बताउनुभयो । 
     
    उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको साउँदले जानकारी दिनुभयो । घरबाट खर्क (छानातिर) जाँदै गरेको बेला खड्कालाई भालुले बाटोमा आक्रमण गरेको हो ।


    मंगलवार, आषाढ २१ २०७९०२:५४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij