Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

  • बुधवार, आषाढ २२ २०७९

  • 688
    SHARES

  • दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि
    काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरेको जिन सिक्वेन्सिङ मार्फत परीक्षण गर्दा दुई वटा नमुनामा ‘बीए फाइभ’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
     
    संक्रमित केसको नमुना केन्द्रीय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
     
    मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न भारत र नेपालको सीमा नाका तथा प्रयोगशालाबाट आएका ३२ वटा नमुनालाई जिन सिक्वेन्सिङ गरिएको थियो ।
     
    जसमध्ये दुई वटामा ‘बीए फाइभ’, अर्को दुईमा ‘बीए वान्’ र बाँकी २८ वटामा ‘बीए टु’ पुष्टि भएको उहाँले बताउनुभयो ।
     


    बुधवार, आषाढ २२ २०७९०५:२९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij