Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने

  • बुधवार, आषाढ २२ २०७९

  • 656
    SHARES

  • अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने

    काठमाडौं । अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने हुनुभएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा प्रधानमन्त्री देउवालाई तोक्नुभएको हो ।

    ’राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थमन्त्री श्री जनार्दन शर्माले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’सम्माननीय प्रधानमन्त्रीजयूको सिफारिसमा अर्थ मनत्रालयको कार्यभार प्रधानमन्त्री देउवाज्यूले समहाल्ने गरी तोक्नु भएको छ ।’

    बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ। त्यसपछि सिसिटिभी फुटेज समेत डिलिट भएको कुरा बाहिर आएपछि शर्मालाई राजीनामा दिन दबाब सिर्जना भएको थियो।

     


    बुधवार, आषाढ २२ २०७९०८:२१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij