Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बजेट कार्यान्वयनबारे केन्द्रीय कमीटी बैठकमा जनार्दनले गरे यस्तो दाबी

बजेट कार्यान्वयनबारे केन्द्रीय कमीटी बैठकमा जनार्दनले गरे यस्तो दाबी

  • बिहिवार, आषाढ २३ २०७९

  • 675
    SHARES

  • बजेट कार्यान्वयनबारे केन्द्रीय कमीटी बैठकमा जनार्दनले गरे यस्तो दाबी
    काठमाडौं । अर्थमन्त्रीबाट राजीनामा दिएका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादीको महाधिवेशनले निर्देशित गरेबमोजिम समाजवादी क्रान्तिको आधार तय गर्ने बजेटलाई सेबोटेज (ध्वस्त) गर्न आफ्नो राजीनामा गराइएको दाबी गर्नुभएको छ । 
     
    केन्द्रीय कमिटीको बैठकमा बिहीबार सम्बोधन गर्दै शर्माले आफूले ल्याएको बजेट कार्यान्वयन हुने हो भने अब माओवादीले २७० ठाउँ जित्ने बताउनुभयो । उहाँले माओवादीको नीति लागू हुने भयो भनेर एमालेले षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।
     
    शर्माले भन्नुभयो, ‘अध्यक्ष कमरेडले १७० भन्नुहुन्थ्यो, म भन्छु यो बजेट कार्यान्वयन भयो भने २७० आउँछ । संसदमा हिजो पनि जुन ढंगले अट्याक भयो, त्यसमा हाम्रो अगाडि लिडरशीपको रोबाट उठेर ठाउँको ठाउँ प्रतिवाद गर्नुपर्थ्यो । सभामुखले पनि समय दिनुभएन हाम्रा साथीहरुलाई । सभामुखले समय दिनुपर्थ्यो ।’


    बिहिवार, आषाढ २३ २०७९०३:२८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij