Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड परिवारबाटै चारजना परेपछि माओवादी पोलिटव्युरो गठन प्रक्रियामा विरोध

प्रचण्ड परिवारबाटै चारजना परेपछि माओवादी पोलिटव्युरो गठन प्रक्रियामा विरोध

  • बिहिवार, आषाढ २३ २०७९

  • 1.5K
    SHARES

  • प्रचण्ड परिवारबाटै चारजना परेपछि माओवादी पोलिटव्युरो गठन प्रक्रियामा विरोध
    काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्यमा प्रस्तावित नामहरूमा केन्द्रीय सदस्यले आपत्ति जनाएका छन् । अध्यक्ष प्रचण्डले पेस गरेको नाम मापदण्डविना आएको भन्दै हलबाट विरोध भएको हो ।
     
    विरोधका कारण केहीबेर बैठक अवरुद्ध भएको छ । प्रस्तावित नामप्रति नेतृत्व नै अलमलमा परेका बेला हलबाट मापदण्डमाथि प्रश्न उठाइएपछि पारित हुन सकेको छैन । प्रस्तावित नाम र विनामापदण्ड बनेको कमिटीबाट निराशा फैलिएको बैठकका सहभागीले गुनासो गरेका छन् ।
     
    मधेस प्रदेशबाट सबैभन्दा बढी विरोध भएको छ । शिवकुमार यादवलगायतले एमालेबाट २०५८ मै विद्रोह गरेकालाई अहिलेसम्म विभेद गरिएकै कारण आज एमाले बलियो बनेको र माओवादी कमजोर बनेको बताउनुभयो ।
     
    सदस्यहरुले मापदण्ड के हो भनेर प्रश्न गरेका छन् । यसैबीच पोलिटव्युरोमा अध्यक्ष प्रचण्डको परिवारबाट चार सदस्य परेका छन् ।
     
    प्रचण्डसहित छोरी रेनु दाहाल, बुहारी बिना मगर र भाइ नारायण दाहाल पोलिटव्युरो सदस्य बनेका छन् । अर्की छोरी गङ्गा दाहाल र ज्वाइँ जीवन भने केन्द्रीय सदस्य पहिलो पटक बनेका छन् ।
     
    बैठकमा विवाद बढेपछि अध्यक्ष प्रचण्डले अन्तिम नामावली तय गर्न एक घण्टालाई बैठक स्थगित गर्नुभएको छ । 


    बिहिवार, आषाढ २३ २०७९०३:३७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij